३० बैशाख २०८१, आइतबार

भीरकोट पार्कलाई थप व्यवस्थति बनाउँदै नगरपालिका

प्रकाशित मिति :  15 August, 2022 1:50 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ४ मा रहेको पार्कमा प्रवेश शुल्क लाग्ने भएको छ । सरसफाई र व्यवस्थापन गर्न आगामी भदौ १ गतेदेखी लागू हुने गरि प्रती व्यक्ति २० रूपैयाँ प्रवेश शुल्क लाग्ने नगरपालिकाले जनाएको छ ।

संघीय विशेष अनुदान र नगरपालिकाको २ करोड ७४ लाख ८५ हजारमा पार्क निर्माण गरेको हो । पालिकामा रहेको पार्कबाट मात्रै हालसम्म करिब १० हजार रूपैयाँ आम्दानी भएको पार्क व्यवस्थापक कृष्ण प्रसाद अर्यालले बताए ।

अर्यालका अनुसार भाद्र १ गते देखि वनभोज प्रयोजनका लागि समुहमा आउनेलाई २० जनाको समुहसम्म ५०० रूपैयाँ र २० जना भन्दा बढीलाई १००० रूपैयाँ प्रवेश शुल्क लाग्नेछ ।

त्यसैगरि अन्य जिल्लाबाट समुहमा भ्रमण तथा वनभोजमा आउनेलाई ३ हजार रुपैँया शुल्क लाग्ने अर्यालले बताए । तर पाँच वर्ष मुनिका र ६८ वर्ष माथिका व्यक्तिलाई भने कुनै शुल्क लाग्ने छैन । अर्यालले भने, “मानिसहरुले लापरबाही तरिकाले पार्कमा आवतजावत गरेकाले यसलाई नियन्त्रण गर्न सो निर्णय गरेको हो ।’’



प्रतिक्रिया दिनुहोस !