१५ बैशाख २०८१, शनिबार

भीरकोट छायाँक्षेत्र मन्दिरमा साउन महिनामा १२ लाख भेटी संङ्कलन

प्रकाशित मिति :  17 August, 2022 12:19 pm


स्याङ्जा । स्याङ्जा भीरकोट नगरपालिकाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा साउन महिनामा मात्रै १२ लाख भन्दा बढी नगद आम्दानी भएको छ ।

साउनको हरेक सोमबार भक्तजनहरुले चढाएको भेटी स्वरुप १२ लाख ६० हजार ६ सय ९९ रूपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्किङ सुविधा, स्टल बिक्रि, दानपेटी संकलन ,भजन किर्तन, चामल बिक्री बाट उक्त नगद रकम संकलन भएको हो । यहि साउन महिनादेखि माछापुच्छ्रे बैंकको सहयोगमा क्युआर कोडबाट समेत मन्दिर व्यवस्थापन समितिकै खातामा दान रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

हिन्दु धर्मावलम्बीहरूको पवित्र श्रावण महिनाको अन्तिम सोमबारको दिन करिब १३ हजार श्रद्धालु भक्तजनहरूले पवित्र धार्मिक तीर्थस्थल छायाँक्षेत्रमा स्नान गरेका थिए । उक्त मन्दिरमा सतिदेवीको अन्तिम अङ्गहरु पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ भएकाले विभिन्र चाडपर्वहरुमा भक्तजनहरुको घुइँचो लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !