१९ बैशाख २०८१, बुधबार

आजदेखि सिंहदरबार भित्र ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

प्रकाशित मिति :  17 August, 2022 1:51 pm


काठमाडौं । सिंहदरबारमा आजदेखि ग्यास सिलिण्डर लैजान प्रतिबन्ध लगाइएको छ । बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार आजदेखि खाना पकाउनको लागि बिजुलीको प्रयोग गर्न ग्यास सिलिण्डर प्रतिबन्ध लगाएको सिंहदरबार स्रोतले बतायो ।

आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत सरकारले बिजुली प्रयोगलाई प्रोत्साह गर्ने र त्यसको सुरुवात सिंहदरबारबाटै गर्ने जनाएको थियो ।

सिंहदरबार भित्रका मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा सिलिण्डर विस्थापन गरि विद्युतिय चुलो प्रयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै मन्त्रालय तथा निकायमा पत्रचार गरिसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !