११ बैशाख २०८१, मंगलबार

हराएका २५ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  17 August, 2022 1:54 pm


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ट्राफिक प्रहरी कार्यलयमा एक कार्यक्रमको आयोजन गरेर १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका, आसपासको क्षेत्रमा बिशेष सूचना संकलन गरि हराएका मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै गतआर्थिक वर्ष २०७७ र २०७८ मा ४१९ ओटा, २०७८ र २०७९ मा ५०६ ओटा र साउन महिनामा ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !