८ बैशाख २०८१, शनिबार

नेपाल राष्ट्रिय फुटबल टिममा प्रशिक्षक हुमागाई नेपाल आइपुगे

प्रकाशित मिति :  17 August, 2022 2:35 pm


काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौं आइपुगेका छन् ।

बुधबार नेपाल आइपुगेका कार्यवाहक प्रशिक्षक हुमागाईलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले स्वागत गरेका हुन् ।

अमेरिकामा बस्दै आएका हुमागाईंलाई एन्फाले अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा दशरथ रंगाशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका त्यसैका लागि २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपालले आउँदो असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि हुमागाईंले ४० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा डाकेका छन् । अल्मुताइरीले निष्कासन गरेका खेलाडीलाई पनि समेट्दै हुमागाईंले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

पछिल्लो समय पुटबल गतिविधि नहुँदा कतिपय फुटबल खेलाडी विदेश पलायन भएका छन् भने केही खेलाडी भारतको स्थानीय प्रतियोगिता खेल्न गएका छन् । हुमागाईले बोलाएका केही खेलाडीहरु भारतबाट बुधबार नेपाल आइपुग्दैछन् ।



प्रतिक्रिया दिनुहोस !