१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने

प्रकाशित मिति :  17 August, 2022 2:57 pm


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘प्रदेश तहको अहिलेको संरचना केबल राज्यकोषको दोहोन गरेर नेता व्यवस्थापन गर्ने थलो बनाइएको छ ।’ लामिछानेले भने ‘प्रदेश सरकार र संरचनाको यही स्वरुप कायम हुनु भनेको राष्ट्रिय ढुकुटी खर्च गर्ने थलो बाहेक बन्नु हो, हामी व्यवस्था विरोधी छैनौ । हाम्रो पार्टी प्रदेश संरचना खारेजीकै पक्षमा रहेको हुनाले मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’

प्रदेश संरचना कस्तो बनाउने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ताव पनि अघि सारेको लामिछानेले बताए । उनका अनुसार प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्छ ।

हालको प्रदेश सभा खारेज गर्ने, त्यसको ठाउँमा गाउँपालिका सदस्यहरुबाट समानुपातिक समावेशीताका आधारमा प्रदेश परिषद् गठन गर्ने, प्रदेश परिषद्को बैठक वर्षमा २ पटक, त्यसरी बैठक बस्दाको भत्ता बाहेक अरु सुविधा नदिने उनको प्रस्ताव छ ।



प्रतिक्रिया दिनुहोस !