१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जामा टिभिएसको नयाँ शोरुम संचालनमा

प्रकाशित मिति :  17 August, 2022 3:14 pm


काठमाडौं । स्याङ्जाको बाडखोलामा टिभिएसको नयाँ शोरुम संचालनमा आएको छ । ग्राहकहरूलाई टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टस् सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ।

नयाँ शोरुम उदेघाटनमा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधै प्रयासरत रहेको बताए। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको आधिकारिक वितरक हो।



प्रतिक्रिया दिनुहोस !