६ बैशाख २०८१, बिहिबार

गरिमा क्यापिटलको सिईओमा भट्टराई नियुक्त

प्रकाशित मिति :  17 August, 2022 4:10 pm


काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको २०७९ साउन २९ गते बसेको संचालक समितिको बैठकले भट्टराइलाई नियुक्त गरेको हो । भदौ ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको जनाएको छ ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका हुन् । उनी गरिमा क्यापिटको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !