१४ बैशाख २०८१, शुक्रबार

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विधार्थी कारवाहीमा

प्रकाशित मिति :  17 August, 2022 4:48 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको बिशेष चेकिङ अभियान अन्र्तगत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन् । कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् ।

त्यसैगरि बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना ,एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

त्यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !