१५ चैत्र २०८०, बिहिबार

सवारी साधनमा छुटेको १६ लाख भन्दा बढीको सामान हस्तान्तरण

प्रकाशित मिति :  17 August, 2022 5:10 pm


काठमाडौं । काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

साउन महिना भित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनि निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा सिसि क्यामेराको समेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारेर सम्बन्धित व्यक्तिहरुलाई ट्राफिक प्रहरीले बुझाएको छ ।

सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ । सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !