१५ बैशाख २०८१, शनिबार

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रकाशित मिति :  17 August, 2022 5:53 pm


काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।

मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ । घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !