१४ बैशाख २०८१, शुक्रबार

निर्वाचनपछि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द बीच एकता गर्ने तयारी

प्रकाशित मिति :  17 August, 2022 6:10 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच आगामी चुनावपछि पार्टी एकता हुने भएको छ । बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले पार्टी एकताको लागि संयोजन समिति बनाउन तयार भएको प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !