१६ चैत्र २०८०, शुक्रबार

एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको टिकट गरिदा गर्दा क्यासब्याक पाउने

प्रकाशित मिति :  18 August, 2022 6:13 am


काठमाडौं । एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको छ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको हो । एनएमबिका ग्राहकले बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग टिकट खरिद गर्दा क्यासब्याक पाउने जनाएको छ । ३५० र ५०० रुपैँया क्यासब्याक पाउने बैंकले उल्लेख गरेको छ ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !