४ बैशाख २०८१, मंगलबार

विहिबार नेप्से परिसूचक २७ अंकले बढ्यो

प्रकाशित मिति :  18 August, 2022 3:24 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । विहिबार (आज) नेप्से परिसूचक २७.७२ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५.४१ अंकले बढेर ४००.०८ अंकमा पुगेको छ ।

विहिबार १३ ओटै उपसमुहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा विहिबार रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८५५ रुपैँया बराबरको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेमा मन्दाकिनी हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अप्पर हेवा खोला हाइड्रोपवार कम्पनी रहेको छ । कम्पनीहरुको क्रमश १०, १०, ९.९७ र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक गुमाउनेमा एनआईबिएल प्रगति फण्ड र सर्पोट लघुवित्त वित्तीय संस्था रहेका छन् । कम्पनीको क्रमश ३.८ र ३.२८ प्रतिशतले घटेको छ ।

कुल २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !