७ बैशाख २०८१, शुक्रबार

‘महिला उद्यमले कोभिडका कारण थला पारेको अर्थतन्त्रलाई बलियो बनाउँछ’

प्रकाशित मिति :  18 August, 2022 4:00 pm


काठमाडौं । अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला विहिबार (आज)बाट सुरु भएको छ । महिला उद्यमी महासंघले आज बाट छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२२ सुरु गरेको हो । संघले छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ भाद्र २ गतेदेखि ६ गतेसम्मको लागि सानेपाको हेरिटेज गार्डेनमा गर्न लागेको हो । मेलाको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका छन् ।

उद्धघाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त मेलाले कोभिडका कारण थला पारेको अर्थतन्त्रलाई बलियो बनाउने बताएका छन् । यस्ता मेलाबाट आयातलाई प्रतिस्थापन गरेर निर्यातलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उत्पादनले देशमा रोजगार सिर्जना हुने देउवाको भनाइ छ ।

“उद्यमशीलताको बाटोले धेरै महिला दिदीबहिनीहरूलाई स्वाबलम्बी बनाएको छ । वास्तवमा स्थानीय स्रोत, स्वदेशी सीप र कच्चा पदार्थमा आधारित उद्यम व्यवसाय सञ्चालन गरेर स्वरोजगारीको वातावरण बनाउन सकिन्छ,” उनले भने ।

महिला महासंघकी अध्यक्ष निरु रायमाझीले महिलाहरूले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा मात्र नभइ महिला उद्यमीहरूबीच आपसी सीप र व्यवसायीक ज्ञान आदानप्रदान र समन्वयको वातावरण बनाउन जरुरी रहेको बताइन् ।

महिला उद्यमी महासंघले विगत ५ वर्ष देखि अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना गर्दै आईरहेको छ । मेलामा हस्तकलाका सामानहरु, प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामान हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएको छ ।

मेलामा ५५ हजार जनाले अवलोकन गर्ने रायमाझीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !