७ बैशाख २०८१, शुक्रबार

‘लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

प्रकाशित मिति :  18 August, 2022 5:03 pm


काठमाडौं । ‘लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यलय र सबै जिल्ला प्रशासन कार्यलयलाई पत्र पठाउँदै निर्देशन दिएको हो ।

“गृह मन्त्रालयले कानुन बमोजिम दर्ता भएर सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरु विरुद्ध केही व्यक्ति तथा तथा ‘लघुवित्त संघर्ष समिति’ नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरि कार्यक्रममा अवरोध गरेको र कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने कोशिष भइराखेको,” पत्रमा उल्लेख गरिएको छ ।

लघुवित्त विरुद्ध संघर्ष समितिले अनावश्यक ऋणको भार बोकाएर असुलीमा लघुवित्तले ज्याजती गरेको भन्दै केही महिना लघुवित्त वित्तीय संस्था विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । नेपाल लघुवित्त बैंकर्स संघले गृहमन्त्री बालकृष्ण खाँणलाई साउन ३० गते जानकारी गराई आवश्यक कारबाहीको माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !