२० मंसिर २०८२, शनिबार

बजेटमा तोकिएका नयाँ कार्यक्रम संचालन नगर्न निर्वाचन आयोगको निर्देशन

प्रकाशित मिति :  21 August, 2022 12:01 pm


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।

आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै निर्वाचन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना, कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगराउन तिनै तहका सरकारलाई निर्देशन हो ।

तर, यसअघि नै बजेटमार्फत घोषणा गरिएका योजना तथा कार्यक्रम भने यथावत रुपमा सञ्चालन गर्न सकिने आयोगको भनाई छ ।

नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाईएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पौडेलकाअनुसार मतदातालाई प्रभावित पार्ने एवम निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पुर्वाधार विकास कार्यक्रम वा पुर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानिय तहहरुलाई आयोगले निर्देशन दिएको ।

आयोगका अनुसार ‘बिपद् वा महामारीको पुर्व तयारी वा कुनै विपद्को अवस्था परी विपद व्यवस्थापन सवन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सो को सामाना गर्न आवाश्यक उपाय अबलम्बन गर्नुपर्ने बिषय’ मा भने सो निर्देशन लागु हुने छैन ।



प्रतिक्रिया दिनुहोस !