बुटवलदेखि पाल्पासम्म एनओजी ग्रुपको राइड सम्पन्न
प्रकाशित मिति : 21 August, 2022 6:39 pm
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
आइतबार भएको राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो। करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्नुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।








