२३ श्रावण २०७९, सोमबार

राष्ट्रिय संकटमा झालजेलमा लाग्नु दुष्टता र पाखण्डीपन

प्रकाशित मिति :  29 March, 2020 2:26 pm


पहिले उनीहरू
कम्युनिष्टलाई खाेज्दै आए
म चुप रहें
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरू यहुदीलाई खाेज्दै
आए म चुप रहें
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरूक्याथाेलिकलाई खाेज्दै
आए म चुप रहें
किनभने म प्राेटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खाेज्दै आए
मेराे लागि बाेलिदिने काेही थएन ।
-मार्टिन निमाेलर

नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने यो कविता अंश निकै मार्मिक छ ।सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ । किनभने, हिजो देशलाई बिकृति र बेथितिको दलदलमा पुर्याउनेहरूको दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेको छ । तिनले भ्रष्टाचारको कथा आफै लेख्छन्, आरोप आफैले लगाउछन्, भ्रष्टाचारी आफैले करार गर्छन् र रिस उठ्नासाथ त्यसतो पगरी लगाइदिन्छन् । आफ्नो रजगज गुमेकोमा असैह्य छटपटी छ, किनभने लामो समयदेखिको हालीमुहाली अहिले चलेको छैन ।

मुठ्ठीभरको स्वर्गमा तनाव छ । र, यो दुश्चक्र जारी छ । अनि शिकार खेल्ने उपक्रम चलिरहेको छस योग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशालाग्दा व्यक्तिहरूविरूद्द रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपञ्चमा बदनाम गर्न लखेटियो, उहाँलाई जीवन पर्यन्त एकथरि दुष्टहरू लखेट्न लागि परे । गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ(डीप फेक)को प्रपञ्च रचे र निशाना बनार्इनुभयो । गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ ।  तर, निशाना निरन्तर सोझिरहेकै छ ।

योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनु भएकी श्रीमती विन्दा घिमिरे विरूद्द जालसाजी गर्ने अपराधिक प्रयास भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन । अहिले कोरोना महामारी विरूद्द अहोरात्र खटि रहनु भएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएको छस हिजो अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ ।

तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ ।
अर्को दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ रु सरकारले सारा व्यवस्था गर्नुपर्दैन रु भन्दै उफ्रन्छन् । तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् । जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नो बाइट भन्न मज्जाले पाइन्छ । चौथो दिन स्वास्थ्य सामग्री नल्याउने रु भनी तिनैले आगो बाल्छन् ।

पाँचौ दिन जहाज सामग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन्स २० करोड भ्रष्ट्राचार भनेर । कठै तिम्रो मनोदशा । कति दयनीय हर्कत । सबै तिमीहरू जस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै । काँक्रो चोरेर आफूले खाने, अनि बियाँ अरूको गालामा टाँसिदिएर दोष लगाइदिने र बदनाम गर्ने रु ुफाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेकोु जस्तै छ यो दुष्टता र पाखण्डीपन । यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल रु यस्तो नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ ।

अहिले आफू बाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ। यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पोष्ट गरिरहेको छ । जनताले निगरानी सबैको गरेका छन् । खासमा यो व्यक्तिविशेष भन्दा नेकपामाथिको ूगजेटेडू दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानी माथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्न समेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ ।

सत्यसँग त कसैको कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन । यस्तो सद्बुद्दि हरेकमा बेलैमा आउन जरूरी छ । अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि होस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बोलिदिने कोही रहनेछैन ।



प्रतिक्रिया दिनुहोस !