मन्त्रिपरिषद् बैठकले गर्यो चारओटा निर्णय
प्रकाशित मिति : 13 May, 2026 12:46 pm
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले चारओटा निर्णय गरेको छ ।
आज विहान बसेको बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ ।
बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय पनि गरेको । यस्तै भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ ।








