७ पुस २०८२, सोमबार

एमालेको रणनीति : अन्य पार्टीबाट सक्दो प्रवेश गराउने

प्रकाशित मिति :  26 August, 2022 3:33 pm


काठमाडौं । नेकपा एमालेले राजनीतिक ध्रुवीकरण प्रकृयालाई तिब्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा मुलुकमा पुँजीवादका पक्षधर र सामाजवादका पक्षधर शक्तिहरुबीच ध्रुवीकरण आवश्यक रहेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,“ हाम्रो पार्टी वामपन्थी आन्दोलनको मात्रै होइन, राष्ट्रकै मुख्य शक्ति हो । यसलाई राष्ट्रको मुख्य शक्तिका रुपमा थप बलियो बनाउनुपर्छ र मुख्य राष्ट्रिय शक्तिरुपमा सबै प्रगतिशील,लोकतान्त्रिक र देशभक्त शक्तिहरूको नेताका रुपमा अगाडि बढाइनुपर्छ ।”

पार्टी प्रवेश गराउँदा निर्वाचन क्षेत्रको शक्ति शन्तुलनका आधारमा प्रतिस्प्रधाको अवस्था रहेको ठाउँमा जीत सुनिश्चित गर्न र अगाडि रहेको ठाउँमा जीत कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजना बनाई कार्यान्वयन गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !