७ पुस २०८२, सोमबार

नेकपा(क्रान्तिकारी माओवादी)ले सक्रिय रुपमा चुनाव बहिष्कार गर्ने

प्रकाशित मिति :  28 August, 2022 6:36 pm


फाइल फोटो

काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)ले सक्रिय रुपमा संघ तथा प्रदेश तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ ।

भदौं १० देखि १२ गतेसम्म बसेको केन्द्रीय कमिटीको विशेष बैठकले चुनाव सक्रियतापूर्वक बहिष्कार गर्ने निर्णय गरेको हो । महासचिव मोहन बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको छ र यस प्रकारको नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना तथा सञ्चालन गर्ने ठेगान भएको छ ।”

बैठकले नेकपा (बहुमत)का बीच पार्टी एकता संयोजन समिति निर्माणले उत्साह थपेको समेत उल्लेख गरेको छ ।

अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकताको प्रक्रियालाई प्रभावकारी ढङ्गले अगाडि बढाउन र क्रान्तिकारी कम्युनिस्ट शक्तिको सिद्धान्तनिष्ठ एकीकरण गर्न प्रतिबद्ध रहेको समेत बैठकमा निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !