७ पुस २०८२, सोमबार

ललितपुरमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति :  30 August, 2022 2:27 pm


काठमाडौं । ललितपुरमा मोटोरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल ललितपुरको धापाखेल बस्दै आएका भुवन डिमडुङ र मकवानपुर घर भई सोही ठाउँ बस्दै आएका महेश कुमार राना मगर हुन् ।

गत बैशाख १७ गते बौद्ध स्थित नारायणटारबाट हराएको भनि काठमाडौंंको ढोकाटोलमा बस्ने जुनिलमान श्रेष्ठले प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे ललितपुरबाट भुवनले शंकाश्पद अवस्थामा चलाएको प्रदेश ३ ०२ ००७ प ६६ ३० नम्बरको रातो एन एस पल्सर मोटरसाइकल फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल महेशले दिएको भनि खुलेपछि उनीहरुलाई पक्राउ गरेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई मोटरसाईकल सहित थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत बौद्ध लागिएको छ ।



प्रतिक्रिया दिनुहोस !