सात जना विद्यार्थी सहित २ सय ४८ जना चालकहरू कारवाहीमा
प्रकाशित मिति : 30 August, 2022 3:20 pm
काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्र्तगत आज २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । बिहान ५ बजे देखी ८ बजे सम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा बिहानै मदिरा सेवन गरि सवारी साधन चलाउने ३ जना चालक रहेका छन् । त्यस्तै नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक,बा १ ज ८१ ८१ नम्बरको माईक्रो चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो ।








