७ पुस २०८२, सोमबार

चितवन क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ चुनाव लड्न राज्यमन्त्री श्रेष्ठको आवेदन

प्रकाशित मिति :  31 August, 2022 2:43 pm


काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ चुनाव लड्न आवेदन दर्ता गराएका छन् । श्रेष्ठले आज नेपाली काँग्रेस क्षेत्रीय समितिमा आवेदन दर्ता गराएका हुन् ।

चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, राजेश्वर खनाल र उमा रेग्मीले पनि आवेदन दिएका छन् ।

श्रेष्ठले भनेका छन्,“यहाँहरू सबैको सहयोग, सद्भाव र सदिच्छाको अपेक्षा सहित चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएको छु ।”



प्रतिक्रिया दिनुहोस !