१३ बैशाख २०८१, बिहिबार

शिक्षकहरुलाई राजनीति नगर्न वालिङका नगरप्रमुख खाँणको निर्देशन

प्रकाशित मिति :  1 September, 2022 1:02 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा अध्यापन गराउने शिक्षक शिक्षण पेसामा रहुन्जेल राजनीतिमा सक्रिय नहुन निर्देशन दिइएको छ। नगरप्रमुख कृष्ण खाँणले पत्रकार सम्मलेन गर्दै शिक्षकहरुले सक्रिय राजनिति गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पर्ने भन्दै शिक्षकहरुलाई राजनिति नगर्न निर्देशन दिएका हुन् ।

शिक्षकको काम र शिक्षण पेशाको धर्म नितान्त विद्यार्थीको उज्वल भविष्य सृजना गर्ने र शिक्षा मार्फत समुन्नत समाजको निर्माण गर्ने भएकाले कुनै पनि शिक्षकलाई सक्रिय राजनीतिमा लाग्न निषेध गर्न लागिएको मेयर खाँणको भनाइ छ ।

विगतमा आफू पनि शिक्षक भएको र राजनीतिमा आउन आफूले शिक्षण पेशा नै परिवर्तन गरेको जानकारी दिँदै उनले वालिङ नगरपालिकाका सम्पूर्ण शिक्षकलाई शिक्षक जस्तो भएर काम गर्न र राजनीति नगर्न निर्देश गरेका हुन् ।

वालिङ नगरपालिकाको नगरक्षेत्रमा ढल व्यवस्थापन गर्ने, धुलोमैलो व्यवस्थापन गर्न, आँधीखोलामा चेकड्याम बनाउने, पर्यटकीय स्थल बाहुनथानलाई थप आकर्षक बनाउने, लगायतका योजना प्रस्तुत गरेका थिए ।

त्यसैगरि नगरप्रमुख खाँणले सडकमा अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नको लागि ३१ दिने सूचना जारी समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !