७ पुस २०८२, सोमबार

रोल्पाको पहिलो पुस्तक ‘चेतन लहरी’ ५६ वर्षपछि पुन : प्रकाशन

प्रकाशित मिति :  1 September, 2022 5:06 pm


काठमाडौं । रोल्पाको पहिलो पुस्तक ‘चेतन लहरी’ पुन : प्रकाशन भएको छ ।

लेखक तथा प्रकाशक रोल्पाका तत्कालीन राजनीतिज्ञ षडानन्द सुवेदीले २०२२ सालमा वाराणसी पुराएर प्रकाशन गरेको पुस्तक चेतन लहरी ५६ वर्षपछि पुन : प्रकाशन गरिएको खडानन्द स्मृति प्रतिष्ठानले जनाएको छ । २५ औं स्मृति दिवसको अवसर पारेर चेतन लहरी पुन : प्रकाशन गरिएको सुवेदीका छोरा पूर्व एआईजी देवन्द्र सुवेदीले जानकारी दिए ।

सुवेदी २००७ सालको क्रान्तिमा संलग्नता थिए भने २०१५ सालको पहिलो संसदीय आम चुनावमा क्षेत्र नम्बर ८३ बाट निर्वाचित भएका थिए । उनले आफ्नो राजनीतिक जीवनकालमा लेख्दै आएका गीति कविताहरूको सँगालोलाई पुस्तकका रुपमा प्रकाशित गरेका थिए । आम चेतना जगाउने अभिप्राय बोकेको कविता संग्रहलाई ‘चेतन लहरी’लाई पुन : प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ । पूर्व एआईजी सुवेदीले भनेका छन्,“ २५ औॅ पुण्य तिथि आज ऋषि पञ्चमी कै दिन ५६ बर्ष पछि दोश्रो सॅस्करणको (चेतन लहरी) पुनः प्रकाशन पूर्ण भएको छ ।”

चेतन लहरी प्रकाशनबारे सुवेदीले भने,“यो कुनै व्यावसायिक प्रायोजनका लागि होइन, इतिहास स्मरण गराउनका लागि हो, बुवा(षडानन्द सुवेदी)को राजनीति, सामाजिक र शैक्षिक योगदान र उहाँमा रहेको चेतना नयाँ पुस्ताले बुझोस् र थाहा पाओस भनेर चेतन लहरी प्रकाशन गरेका हौं ।”



प्रतिक्रिया दिनुहोस !