लुम्बिनी, गण्डकी र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना
प्रकाशित मिति : 2 September, 2022 6:59 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक \ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक \ दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक\दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।








