७ पुस २०८२, सोमबार

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  2 September, 2022 10:29 am


काठमाडौं । पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षाका कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । बिहीबार बिहान पहिरो खसेपछि दिउँसो पन्छाएर सडक सुचारु गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !