कक्षा १२ को परीक्षाफल प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो ।
बोर्डले नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको छ । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थी फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
सार्वजनिक नतिजाअनुसार ४,१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०,१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् भने ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएको बोर्डले जनाएको छ । ६४,०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् भने १०,९०० जनाले २.१ देखि २.४ जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै १।६। २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।








