७ पुस २०८२, सोमबार

समृद्ध राष्ट्रका लागि स्वस्थ नागरिक आवश्यक : सभापति पुन

प्रकाशित मिति :  3 September, 2022 1:04 pm


बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण आधार स्वस्थ नागरिक भएको बताएका छन् ।

मिलिजुली महिला तथा बालबालिका संरक्षण केन्द्र बुटवलले आज होराइजन मावि बुटवलमा आयोजना गरेको ‘कार्डियो वर्कआउट’ कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकका नागरिक स्वस्थ भए मात्र देशले विकास र समृद्धि गति प्राप्त गर्ने बताए ।

सभापति पुनले मानव जीवनलाई निरोगी र स्वास्थ्य बनाउन व्यायमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै दैनिक जीवनमा व्यायामको आवश्यकता र महत्त्वलाई बुझेर यसको अभ्यासलाई पालना गर्न जरुरी रहेको बताए ।

पछिल्लो समय व्यस्त जीवनका कारण मानिसह«रू आफ्नो स्वस्थ्य प्रति गम्भीर हुन नसक्दा उच्च रक्तचाप, मधुमेह जस्तो विभिन्न किसिमको दिर्घ रोगबाट ग्रसित हुने गरेको उनको भनाई थियो. । व्यायम एउटा व्यक्ति लागि मात्र नभई समाज, नेपाल राष्ट्र र भोलीका सन्ततिको दिर्घ भविष्यसंग जोडिएको उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस !