९ फाल्गुन २०८२, शनिबार

मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राजीनामा दिए

प्रकाशित मिति :  3 September, 2022 1:46 pm


काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् । न्यायाधीवक्ता झाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने भन्दै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

झाले आज मधेश प्रदेशका मुख्यमन्त्री लालबाबू राउतलाई राजीनामा पत्र बुझाएका छन् । झाले महोत्तरी क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !