नेकपा(एकीकृत समाजवादी) बर्दियाले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्याे
बर्दिया । नेकपा(एकीकृत समाजवादी) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
पार्टीले जिल्लाका दुई संघीय र चार प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो । नेकपा(एकीकृत समाजवादी) बर्दियाले प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को उम्मेदवारका लागि कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्र राज आलेको नाम सिफारिस गरिएको बर्दिया जिल्ला अध्यक्ष प्रेम पोखरेलले जानकारी दिए ।
प्रदेश सभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर १ (क) का लागि डिलबहादुर केसी, यमुना बिक र डोङला थारूको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नम्बर १ (ख) तर्फ प्रेम प्रसाद पोख्रेल, कमला घिमिरे र नारायण प्रसाद चौधरी तथा हरिशचन्द्र यादव (मधेसी कोटा) को नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा लोकमणि आत्रेय, वैद्यनाथ झा, जुना कार्की र बिसतिया थारूको नाम सिफारिस भएको छ ।
प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (क) का लागि दुर्गा बहादुर रिमाल, लक्ष्मीकान्त शर्मा, शान्ति चौधरी र सुशीला थापा मगरको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ (ख) का लागि बमबहादुर रावल, शुजना थापा क्षेत्री, अग्नि प्रसाद अर्याल र पुनाराम थारूको नाम सिफारिसभएको अध्यक्ष पोखरेलले जानकारी दिए।








