यस्तो रहनेछ आजको मौसम
प्रकाशित मिति : 4 September, 2022 7:32 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक \दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक \दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।








