७ पुस २०८२, सोमबार

टिकटक बनाउने क्रममा भीरबाट खसेर युवकको मृत्यु

प्रकाशित मिति :  4 September, 2022 12:46 pm


सांकेतिक तस्विर

काठमाडौं । टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

शनिवार सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।

उनलाई घाइते अबस्थामा प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !