नेपाली कांग्रेस रोल्पाद्वारा प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस
काठमाडौं । नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि उम्मेद्वारको नाम प्रदेश समितिमा सिफारिस गरेको हो । कांग्रेस रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सदस्य शंखबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ सुरेन्द्र हमाल र भिमकुमारी बुढाको नाम सिफारिस गरेको छ ।
सभापति पुनको नाम प्रदेश सभा (ख) मा समेत सिफारिस भएको छ । त्यस्तै प्रदेश सभा (क) प्रत्यक्ष तर्फ मानबहादुर खत्री,मनोजमणि आचार्य, दुर्गाबहादुर खड्का,चन्द्र प्रकाश आचार्य,भीमकला बुढाथोकी,पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्काको नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोकामगर, देवा आचार्य, महेन्द्र पुनमगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीमबहादुर विष्ट, इन्द्रवहादुर खत्री, मनिकला रानामगर र लालकुमारी पुनमगरको नाम सिफारिस भएको छ ।
प्रदेश सभा (ख) मा सभापति पुनको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ गोपाल घर्तीमगर र रति विकको नाम सिफारिस भएको छ । जिल्लाले सिफारिस गरेको नाम प्रदेशले केन्द्रमा पठाउने छ ।








