नेकपा एमाले रोल्पाद्वारा प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस, कोको परे ?
प्रकाशित मिति : 4 September, 2022 7:08 pm
रोल्पा । नेकपा एमाले रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
जिल्ला कमिटी बैठकले प्रतिनिधि सभाका लागि पूर्ण बुढामगर र प्रदेश सभा (क) मा जयप्रकाश बुढा र प्रदेश सभा (ख) मा प्रेम घर्तीमगरको नाम सर्वसम्मत निर्णय भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बलराम बुढाले जानकारी दिए । उनले भने,“प्रतिनिधि सभा र प्रदेश सभा सर्वसम्मतले निर्णय गरेका छौं ।”
समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि नविन रोकामगर,कुमार दसौदी,इश्वरी जिएम,रिमा नेपाली,लिला बुढाको नाम सिफारिस भएको छ । प्रदेश सभा तर्फ सावित्राकुमारी बुढा,यमुना रोका र राजेन्द्र बुढाथोकीको नाम सिफारिस गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।








