७ पुस २०८२, सोमबार

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा

प्रकाशित मिति :  4 September, 2022 9:38 pm


काठमाडौं। उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ।

विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने छानिएका व्यक्तिलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार आउदो कात्तिकमा कार्यक्रम गर्न लागिएको अध्यक्ष देवकी अभोलाषीले जानकारी दिइन्।

वि.सं. २०७३ सालमा स्थापित फाउन्डेसन सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था हो। संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहेको छ।



प्रतिक्रिया दिनुहोस !