१४ बैशाख २०८१, शुक्रबार

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

प्रकाशित मिति :  5 September, 2022 8:04 am


काठमाडौं । क्यानडामा दुई समुहबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ ।

उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा घटना भएको हो । स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्याउनुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे।

जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदय विदारक’ भनेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस !