प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्यूठानबाट सूर्य थापाको एकल नाम सिफारिस
प्रकाशित मिति : 5 September, 2022 5:50 pm
प्यूठान । नेकपा एमाले प्यूठानले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज रहेका थापाको नाम सर्वसम्मत सिफारिस भएको हो । आज बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि थापाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्टले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा एउटा मात्रै निर्वाचन क्षेत्र छ । एमाले प्यूठानले प्रदेश (क) मा तुल्सीराम शर्मा र प्रदेश (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि रिजाल सिफारिस गरेको छ ।








