प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि देशभर १० हजार ८ सय ८८ मतदान स्थल
प्रकाशित मिति : 5 September, 2022 7:24 pm
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि देशभर १० हजार ८ सय ८८ मतदान स्थल कायम भएको छ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै १० हजार ८ सय ८८ मतदान स्थल कायम भएको जानकारी गराएको हो । आयोगले यसअघिको मतदान स्थल पुनरावलोकन गर्दै ११२३ मतदान स्थलको त्रुटि सच्चाइएको, साविकका ३६५ मतदान स्थालबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।
यस्तै १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गभिएको आयोगले जनाएको छ ।
मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थल हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगको भनाई छ ।








