१३ बैशाख २०८१, बिहिबार

चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु दर्जनौ घाईते

प्रकाशित मिति :  6 September, 2022 8:25 am


photo : cnn

काठमाडौं । चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा १६ जना वेपत्ता हुनुका साथै दर्जनौ मानिस घाइते भएका छन् ।

स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको चाइना भूकम्प नेटवर्कले जनाएको छ । भुकम्पको केन्द्रविन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण दुर्गम पहाडि क्षेत्रमा पर्ने लुलिङ शहरमा रहेको छ ।

भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । भुकम्पले सडक चिरा परेको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !