७ पुस २०८२, सोमबार

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  6 September, 2022 9:07 am


काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !