७ पुस २०८२, सोमबार

माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस

प्रकाशित मिति :  6 September, 2022 11:52 am


रोल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट रोल्पा प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (क) निर्वाचन क्षेत्र समन्वय समिति बैठकले प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा जोखबहादुर महरा, सुकबहादुर रोका‘शरद’, गुणेन्द्र घर्ती र पूर्ण के.सी. रहेका छन् ।

निर्वाचन समन्वय समितिले जिल्लामा नाम सिफारिस गरेको हो । माओवादी केन्द्र स्रोतले भन्यो,“निर्वाचन क्षेत्र समन्वय समितिले जिल्लामा पठाएको हो, जिल्लाले सिफारिस गर्न बाँकी छ ।”

सिफारिस भएका मध्ये महरा यसअघि संविधानसभा सदस्य भइसकेका र लामो समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा बसेर काम गरेका हुन् भने सुकबहादुर रोका अहिले उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ को प्रमुख स्वकीय सचिव हुन् ।

घर्ती सुनिल स्मृति गाउँपालिकाका निवर्तमान अध्यक्ष र के.सी. रोल्पा नगरपालिकाका निवर्तमान मेयर हुन् । प्रदेश सभा (ख) निर्वाचन क्षेत्र समन्वय समिति बैठक भने आज बस्दै छ । दुबै क्षेत्रबाट आएका सिफारिस माओवादी केन्द्र जिल्लाले थप छनौट गरेर टुंग्गो लगाउने छ ।



प्रतिक्रिया दिनुहोस !