बर्दिया १ बाट पनि सिफारिस भएपछि सभापति पुनले भने,‘नाम संसोधन गरिदिनुहोला’
प्रकाशित मिति : 7 September, 2022 7:28 am
रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बर्दियाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नाम सिफारिस भए पनि आफू नरहने बताएका छन् ।
सभापति पुनले आफूले रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि तयारी गरिरहेको भन्दै बर्दियामा आफ्नो आधिकारिक उम्मेदवार नरहेको बताएका हुन् ।
सभापति पुनका स्वकीय सचिव योगेन्द्र अनुपम जि.सी.ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,“ नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभा (ख) बाट उहाँको नाम सिफारिस गरेको हुँदा नाम संसोधन गरिदिनुहुन नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति बर्दियालाई अनुरोध गर्दछौं ।”
सभापति पुनले सदभाव प्रकट गरेकोमा धन्यवाद समेत प्रकट गरेका छन् ।









