७ पुस २०८२, सोमबार

धनुषामा दुई किशोरी मृत फेला

प्रकाशित मिति :  7 September, 2022 10:26 am


धनुषा । धनुषाको नगराईन नगरपालिका ६ स्थित खेतमा दुई किशोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मंगलवार दिउँसो घाँस काट्न भन्दै घरबाट निस्किएका दुबै जना मृत फेला परेका छन् । गाउँलेले खेत जाने क्रममा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरा गरी दुवै युवतीको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

प्रहरीका अनुसार नगराईन नगरपालिका ७ का दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत, मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थित हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।



प्रतिक्रिया दिनुहोस !