७ पुस २०८२, सोमबार

काठमाडौंमा ट्राफिक प्रहरीकाे ‘ब्ल्याक एण्ड ह्वाइट’ अप्रेसन सुरु

प्रकाशित मिति :  7 September, 2022 11:40 am


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबारदेखि ब्ल्याक एण्ड ह्वाइट अप्रेसन सुरु गरेको छ।

भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर अप्रेसन सुरु गरेको हो। मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको छ।

चेकजाँचका क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने एक सय ८९ जना, तीव्र गतिमा सवारी साधन चलाउने आठ जना र अन्य ट्राफिक नियम उल्लङघन गरी सवारी साधन चलाउने पाँच सय ४३ जना गरी सात सय ४० जना चालकहरू कारबाहीमा परेका छन्।

भाडाका सवारीमा धेरै यात्रु हुने र ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना हुने सम्भावना रहेकाले विशेष अभियान नै चलाएर कारबाही गरिरहेको कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। आगामी दिनमा पनि अप्रेसनले निरन्तरता पाउने उनले बताए।



प्रतिक्रिया दिनुहोस !