रुकुम पश्चिमबाट प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार लागि सर्वसम्मत नाम सिफारिस
प्रकाशित मिति : 8 September, 2022 4:30 pm
काठमाडौं । रुकुम पश्चिमबाट नेकपा माओवादीले संघ र प्रदेश सभा चुनावका लागि सम्र्वसम्मत रुपमा नाम सिफारिस गरेको छ ।
आज बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभाका लागि जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश सभा (क) मा महेन्द्र केसी र प्रदेश (ख) मा राजकुमार शर्माको नाम सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभामा शर्मा नै विजयी भएका थिए ।
यस्तै, प्रदेश सभामा पनि दुवै क्षेत्र माओवादी केन्द्रले जितेको थियो ।








