१४ बैशाख २०८१, शुक्रबार

बेलायतकी महारानी एलिजावेथको निधन

प्रकाशित मिति :  9 September, 2022 6:52 am


काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार साँझ ६ः ३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ ।

उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।

अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्। चार्ल्स उनका जेठा छोरा हुन ।



प्रतिक्रिया दिनुहोस !