१६ चैत्र २०८०, शुक्रबार

बजाज इन्ट्रासिटीको अफर: ‘उपहार सँगै स्वरोजगार’

प्रकाशित मिति :  9 September, 2022 12:41 pm


काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बीए-६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याकसीमा सी वा बजाज आरई बीएस-६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ याफ-२२ स्मार्ट फोन पाउने अफर ल्याएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज बीएस ६ वा बजाज म्याक्समा सी खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।“

उपहार योजना सिमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !